१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

ताप्लेजुङमा पहिचानवादी मोर्चाको कार्यालय स्थापना

ताप्लेजुङमा पहिचानवादी मोर्चाको कार्यालय विधिवत् रूपमा स्थापना भएको छ। फुङलिङ नगरपालिका वडा नं ४ मा मोर्चाको कार्यालय औपचारिक रूपमा स्थापना भएको हो।

मोर्चाका केन्द्रीय संयोजक डा.महेन्द्र लावती, सहसंयोजक ज्ञानबहादुर गुरुङ, मोर्चाका कार्यालय प्रमुख खगेन्द्र माखिम र लिम्बूवान राष्ट्रिय समितिका सदस्य सचिव केदार धिमालको उपस्थितिमा मोर्चाको कार्यालय स्थापना भएको छ।

मोर्चामा आबद्ध असिम पालुङ्वाले पहिचानवादी मोर्चाको कार्यालय स्थापना संगै जिल्लागत जिम्मेवारी बाँडफाँट समेत हुने जानकारी दिए। पहिचानवादी मोर्चाले बहुसाँस्कृतिक समाजवादी लोकतन्त्र आत्मसाथ गरेको छ।

प्रकाशित: ६ पुस २०८१ १३:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App