१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

डढेलोले बस्ती जोखिममा

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित पूर्वी जुरेथुम्का सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणबाहिर गएको छ। शनिबार बिहान ९ बजे सुरु भएको डढेलो नियन्त्रणको प्रयास भए पनि खनालबेंसी, ढकालबेंसी र राईगाउँ हुँदै बनपालातर्फ फैलिएको वडाध्यक्ष वीरेन्द्र ढकालले बताए।

पूर्वी जुरेथुम्काबाट सुरु भएको डढेलो क्रमशः पश्चिम जुरेथुम्कातर्फ फैलिँदै गएको छ। ५० हेक्टरभन्दा बढी क्षेत्रफलम फैलिएको सामुदायिक वनमा लागेको डढेलोको धुवाँ टाढाटाढाबाट समेत देखिएको छ। शनिबार दिनभर दुई सयको हाराहारीमा स्थानीय भेला भएर निभाउने प्रयास गर्दा पनि डढेलो नियन्त्रणमा आउन नसकेको वडाध्यक्ष ढकालले बताए। आगोको लप्काले स्थानीय तेजबहादुर राईको मतान जलेको छ। ‘डढेलोबाट खनालबस्ती, ढकालबेसी र राईगाउँका बस्ती जोगाउन हम्मे प¥यो,’ ढकालले भने, ‘साँझसम्म निभाउने प्रयास गर्दा पनि सकिएन । डढेलो जंगलको मध्य भागतर्फ फैलँदै गएको छ।’

जंगल सकिएपछि मात्र डढेलो आफैं नियन्त्रणमा आउने अवस्था देखिएको छ। सुक्खा मौसम भएकाले आगो नियन्त्रणमा लिन कठिनाइ भएको हो। डढेलो निभाउने क्रममा स्थानीय विप्लव राई घाइते भएका छन्। अनुहार पिल्सिएका राईलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको ढकालले बताए।

प्रकाशित: २६ चैत्र २०७४ ०२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App