७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

साम्दिन आगलागीका घाइतेको उपचारका क्रममा मृत्यु

फिदिम नगरपालिका वडा नम्बर २ साम्दिन घुम्तीमा मंगलबार अपराह्न भएको आगलागीमा परी घाइते एकजनाको मृत्यु भएको छ । 

घाइते घरधनी ६२ वर्षीय जयप्रकाश राईको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको पाँचथर प्रहरीले जानकारी दियो । श्रीमती दिलकुमारीसहित उनको उपचार काठमाडौंस्थित बर्न अस्पतालमा भइरहेको थियो ।

मंगलबार नै झापा रेफर गरिएका राईलाई नेपाली सेनाको एयर लिफ्टिङ मार्फत काठमाडौं लगिए पनि बचाउन नसकिएको हो ।  

आगलागीमा राईको घर र पसलमा पूर्णरुपमा क्षति भएको छ । नजिकका दुई घरमा पनि क्षति पुगेको छ ।

प्रकाशित: २२ कार्तिक २०८१ १३:५९ बिहीबार

#Samdin Aglagi