१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

तारकेश्ववासीको प्रश्न : साङलेखोला करिडोर कहिले बन्छ ?

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ६ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य भिमसेनदास प्रधानले साङलेखोला करिडोर निर्माणलाई तिब्रता दिन सम्वन्धित निकायको ध्यानाकर्षण गराउने बताएका छन्।

तारकेश्वर ९ बाँसुकीनाग टोलमा आयोजना गरीएको नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै पूर्व रक्षामन्त्री समेत रहेका प्रधानले विकासको एजेण्डामा सबै एक ठाउँ हुनुपर्ने बताए।

कार्यक्रममा स्थानीले सांसद प्रधान र प्रदेश सभा सांसाद योगेन्द्र संग्रौलालाई साङलेखोला करिडोर कहिले निर्माण हुन्छ भन्दै प्रश्न गरेका थिए। स्थानीयले सडक पिच नहुँदा वर्षाको समयमा समस्या परेको भन्दै भित्रि सडक पिच गर्न सांसद र स्थानीय जनप्रतिनिधिलाई आग्रह गरेका थिए। विष्णुमति र साङले खोलाबाट अवैधरुपमा बालुवा झिक्दा खोलाको धार परिवर्न भएकोले डुवानको खतरा रहेको भन्दै नियन्त्रण गर्न समेत स्थानीयले आग्रह गरे।

क्षेत्रनं ३ का प्रदेश सभा 'ख' का सदस्य योगेन्द्र संग्रौलाले साङलेखोला करिडोरबारे प्रदेश सभामा कुरा उठाउने बताए। तारकेश्वर नगरपालीकाका मेयर रामेश्वर बोहराले करिडोर निर्माणका बिषयमा नगरपालिकाले उचित कदम चाल्ने बताए।

कार्यक्रममा बासुकीनाग टोलमा जडान गरीएका ११ वटा सिसि क्यामेराको समेत शुभारम्भ गरिएको थियो। टोलमा ११ वटा सिसि टिभि क्यामेरा जडान गरिएको छ। कार्यक्रममा बासुकीनाग टोलीभित्र बसोबास गर्ने २५ जना जेष्ठ नागरीक र एक शारीरीक अपांगता भएकी जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो।

यस्तै वासुकीनाग टोलसुधार समितिको पहलमा २ लाख बराबरको बासुकीनाग कल्याणकारी तथा मर्मत सम्भार कोष स्थापना गरीएको टोल सुधार समितिका अध्यक्ष हरीशरण पाठकले बताए।गतबर्ष द्यौसीभैलो कार्यक्रमबाट संकलन भएको रकम मध्ये १ लाख, स्थानीय समाजसेवी गममान छन्त्यालबाट प्राप्त रु ५० हजार र बाँकी रु ५० हजार टोलसुधार समितिबाट थपेर २ लाखको कोष निर्माण गरिएको हो।

 

प्रकाशित: २५ चैत्र २०७४ ०७:२९ आइतबार

तारकेश्ववासीको प्रश्न साङलेखोला करिडोर बन्छ