९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

सहकारी ठगी प्रकरण: गोरखा ग्रुपको शेयरधनी खनाल पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सूर्यदर्शन बचत तथा ऋण सहकारी रकम ठगीमा संलग्न रहेको आरोपमा गोरखा ग्रुप अफ कम्पनी लिमिटेडका शेयरधनी रामबहादुर खनाललाई पक्राउ गरेको छ। 

शुक्रबार खनाललाई काठमाडौंबाट पक्राउ गरिएको सीआईबीले जानकारी दिएको छ। खनाल नेचर हर्ब्स इन्टरनेशनल प्रालि र गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका सञ्चालक समेत हुन्।

खनाललाई सूर्यदर्शन सहकारीको अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबीले जनाएको छ। 

प्रकाशित: ९ कार्तिक २०८१ १६:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App