१ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

नेपाल रिपब्लिक मिडियाद्वारा आयोजित क्लाइमेट कन्क्लेभ सुरु

नेपाल रिपब्लिक मिडियाद्वारा आयोजित क्लाइमेट कन्क्लेभ २०२४ सुरु भएको छ। 

काठमाडौँमा बिहीवार सुरु भएको क्लाइमेट कन्क्लेभ २०२४ मा 'द कल अफ माउन्ट एभरेस्ट फर ग्लोबल क्लाइमेट एक्सन' नामक विषयमा केन्द्रीत भएर कन्क्लेभमा छलफल हुनेछ। 

कन्क्लेभको प्रमुख अतिथिमा परराष्ट्र मन्त्री डा. आरजु राण देउवा रहेकी छिन् भने विशेष अतिथितको रुपमा वन तथा वातावरण मन्त्री ऐन बहानदुर शाही ठकुरी रहेका छन्।

यस्तै नेपालका लागि बेलायती राजदूत रोब फेन, न्युयोर्क टाइम्सका अध्यक्ष स्टेफन डन्बर जोनसन र फोसिल फ्यूलका लागि ग्लोबल इङ्गेजमेन्ट डाइरेक्टर हरजित सिंह वक्ताका रुपमा रहेका छन्।

कार्यक्रमको मध्यस्तकर्ता नेपाल रिपब्लिक मिडियाकी प्रमुख कार्यकारी निर्देशक सम्वृद्धि ज्ञवालीले गर्नेछिन्।

प्रकाशित: १ कार्तिक २०८१ १०:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App