१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

तपाईंकाे आजकाे राशिफल

मेष राशिः नयाँ कार्यमा रुचि लिनु होला। पठन पाठनमा रुची बढ्ने छ। परिवारका सदस्यमा सामान्य चर्मरोग देखा पर्न सक्नेछ। सहयोग लिएर कार्य गर्नु होला। नियमित गरिने व्यापार व्यवसायमा लाभ देखिन्छ।

वृष राशिः धन आर्जन हुने योग देखिन्छ। व्यापार व्यवसाय गर्नेलाई दिन हल्का राम्रो छ। नयाँ कार्यसिद्धिमा सामान्य बाधा छ। वैदेशिक कार्यमा सफलता प्राप्त हुने देखिन्छ । धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ।

मिथुन राशिः गृह निर्माणको योग छ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। प्रयास गर्दा आर्थिक प्राप्तिमा कम सफलता मिल्नेछ। रोजगारीको अवसर ढिला मिल्ने समय छ।

कर्कट राशिः उन्नति प्रगतिमा सन्तोष हुने दिन छ। स्वास्थ्यमा  विकार आउने देखिन्छ। विद्यार्थीका लागि पढाइ राम्रो रहेको छ । केही व्यक्तिहरुले सामान्य अर्थ व्यय गर्न सक्ने छन्। व्यापारमा हल्का फल प्राप्त हुनेछ।

सिंह राशिः उत्साहित हुने समय छ। प्राविधिक क्षेत्रमा लगानी गर्दा मध्यम हुन्छ। धन खर्च हुने योग देखिन्छ। दाम्पत्य जीवनमा सुख शान्ति मिल्ने छ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ।

कन्या राशिः अध्ययनमा सफलता मिल्ने योग छ। प्रेमीहरूका लागि राम्रो हुने दिन छ। धातु सम्बन्धी व्यवसायमा लगानीबाट उचित लाभ प्राप्त हुनेछ। आफ्नो कार्य क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ।

तुला राशिः  कार्य गर्दा विचारपूर्वक गर्नुहोला।  परिवारमा अर्थ व्यय हुने योग देखिन्छ। उदर रोग देखापर्न सक्ने छ। व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु मध्यम छ। अध्ययन, लेखनको कार्य सुरु गर्नु राम्रो होला।

वृश्चिक राशिः  छोटो यात्रा गर्नु राम्रो होला। पढाइमा सफलता मिल्ने छ। बाहिरी काममा सामान्य मतभिन्न हुन सक्ने छ र संगीसँग प्रेम सद्भाव रहने छ। व्यापारको काम गर्दा विचार पुर्‍याएर गर्नु होला।

धनु राशिः भेटघाटमा सहभागी हुनु पर्नेछ । स्वजनबाट धन व्यय योग छ। पढाइको क्षेत्रमा थोरै बाधा आउने छ। व्यवसायमा फल प्राप्तिको समय त्यती शुभ छैन । राजनीतिक क्षेत्रमा दिन राम्रो छ।

मकर राशिः सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ । भाइहरुबीच प्रेम सद्भाव रहनेछ। ज्ञान क्षेत्रमा रुचि बढ्ने छ। आँखामा सामान्य रोग देखा पर्ने छ। मधुर भोजन र पारिवारिक संयोगले मन प्रसन्न हुने देखिन्छ।

कुम्भ राशिः वाणी सफल हुने योग छ। विलासी खानपानमा रुची नगर्नु बेस हुन्छ। भूमि सम्बन्धी काममा फल प्राप्तिको योग छ। अध्ययनकोे क्षेत्रमा दिन राम्रो रहेको छ। सामाजिक कार्यमा सम्मान मिल्ने छ।

मीन राशिः साथीभाईसँग रमाईलो भेटघाट हुनेछ। व्यापार व्यवसायमा आर्थिक लाभ हुने योग छ। पराक्रमबाट कार्यसिद्धि हुनेछ। पढाइ, लेखाईमा समय राम्रो छ। वैदेशिक यात्राको समय देखिन्छ।          

प्रकाशित: १५ आश्विन २०८१ ०६:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App