११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

अत्यधिक गर्मीले वीरगञ्‍जका विद्यालयमा दुई दिन बिदा

वीरगञ्ज महानगरपालिकाले अत्यधिक गर्मीको कारणले बालबालिकाको स्वास्थ्यमा परेको प्रतिकुल असरलाई ध्यानमा राख्दै महानगरका सामुदायिक तथा संस्थागत विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । महानगरपालिकाले असोज ८ र ९ गते सबै विद्यालयहरु बन्द गर्न निर्देशन दिएको हो ।

महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण विद्यार्थीहरू कक्षाकोठामा नै बेहोस हुन थालेपछि पठनपाठन स्थगित गर्नुपर्ने अवस्था आएको बताए । जारी सूचनामा असोज ८ र ९ गते वीरगञ्ज महानगरभित्रका सबै विद्यालय बन्द रहने उल्लेख छ ।

अत्यधिक गर्मीले विद्यार्थीहरूमा असर पर्न थालेपछि यहाँका अभिभावकहरूले सामाजिक सञ्जालमार्फत विद्यालय बन्द गर्न माग गर्दै आएका थिए ।  

पर्सा, बारा लगायतका मध्यतराईका जिल्लाहरूमा असोज महिनामा पनि गर्मी असह्य हुने गरी बढेको छ । यहाँको तापक्रम ३६ देखि ३८ डिग्री सेल्सियससम्म पुगेको छ, जसका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको छ ।

प्रकाशित: ७ आश्विन २०८१ १७:३५ सोमबार

#अत्यधिक गर्मी #वीरगञ्‍जका विद्यालय #दुई दिन बिदा