५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

कोशी, बागमती र गण्डकीमा आज भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्मै देशका कोशी प्रदेशको तराई भू–भागका साथै मधेश प्रदेशमा हावाहुरीको सम्भावना रहेको बताएको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ भने देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै कोशी प्रदेशको तराई भू–भागको थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

यस्तै आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी प्रदेशको केही, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा  मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ भने कोशी प्रदेशको तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तो रहनेछ आगामी २ दिनको मौसमः

२०८१ भदौ ३१ गते (सोमवार)

दिउँसोː  देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू–भाग केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

२०८१ असोज १ गते (मङ्गलवार)

दिउँसोː  देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भु–भागमा आंशिक बदलीदेखि साधारणतया सफा रहने छ। देशको पहाडी भु–भागका थोरै स्थानहरूमा तथा तराईका एक–दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू–भाग तथा मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

रातिː देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि साधारणतया सफा रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराईका एक–दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: ३० भाद्र २०८१ ०६:१८ आइतबार

#mansoon