१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

भुङ्खानीमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

फाइल तस्बिर

बागलुङको गलकोट नगरपालिका २ नरेठाटीको भुङ्खानीमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

लोकमार्गमा रा.१.झ.२०० नं.को सरकारी पिकअप गाडी सडकदेखि झन्डै ३०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

मृत्यु हुनेमा २ जना महिला र एकजना पुरुष रहेका छन्। उनीहरुको पहिचान भने खुल्न बाँकी रहेको छ।

दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्। गम्भीर घाइतेको उद्धार गरी उपचारका लागि धौलागिरी अस्पताल ल्याइँदै गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ भाद्र २०८१ ०९:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App