१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

ईन्द्र जात्राको अक्षयकोष ५ करोडबाट १५ करोड बनाउन पहल गर्ने छु : मन्त्री पाण्डे

फाइल :तस्बिर

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले ईन्द्र जात्रा अन्तराष्ट्रिय रूपमा स्थापित भईसकेको बताएका छन्।

सोमबार ईन्द्र जात्राको पूर्व तयारीका सन्दर्भमा सम्बन्धित सरोकारवाला निकायहरूसँग कुरा गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन ।

त्यसै गरि मन्त्री पाण्डेले  ईन्द्रजात्राको अक्षय कोषलाई ५ करोडबाट बढाएर १५ करोडको बनाउन पहल गरिने विश्वास दिएका थिए। ईन्द्र जात्रासँग सरोकारका विषयमा अन्तर मन्त्रालय र तीनवटै तहका सरकारकोसँग समन्वय गर्न मन्त्रालय तयार रहेको उनले बताए ।

मन्त्री पाण्डेले जात्राको अवसरमा विगतमा देखिएका कमीकमजोरीहरू सच्याएर भव्य, सभ्य रूपमा सफल पार्नका लागि आव्हान पनि गरे। ईन्द्र जात्रा आगामी असोज एक गते मनाईने भएको छ।

प्रकाशित: २४ भाद्र २०८१ १६:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App