जर्मनका लागि प्रस्तावित राजदुत डा शैल रुपाखेतीले सरकारले स्वास्थ्य कूटनीतिलाई जोड दिएको बताएका छन् ।
चिकित्सक समेत रहनुभएका उनले सरकारले कोभिड १९ पछि स्वास्थ्य कूटनीतिलाई महत्व दिएकाले आफूलाई पनि राजदुतको रुपमा सिफारिस गरेको हुनसक्ने दाबी समेत गरे।
आइतबार संसदीय सुनुवाइको क्रममा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रस्तावित राजदुत रुपाखेतीले संयुक्त राष्ट्र संघको पछिल्लो प्रतिवेदनले पनि स्वास्थ्य कूटनीतिलाई महत्त्वपूर्ण कुटनीतिको रुपमा उल्लेख गरेको तथ्य पनि स्मरण गराए । प्रस्तावित राजदुत रुपाखेतीले नेपालमा विदेशी पर्यटक बढाउनका लागि हवाई सुरक्षामा आश्वस्त बनाउनका लागि आफूले कुटनीतिक प्रयासमा बढवा दिने योजना पनि सुनाए ।
प्रस्तावित राजदुत रुपाखेतीले जर्मनले नेपाललाई आत्मीय मित्रको रुपमा व्यवहार गर्ने गरेको आफूले पाएकाले यहाँको विकासमा लागि थप सहयोग जुटाउन पनि आफू सफल हुने विश्वास व्यक्त गरे।
प्रकाशित: १६ भाद्र २०८१ १९:४७ आइतबार