४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

बन्चरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

मकवानपुरको कैलाश गाउँपालिका-५ कालीखोलामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

२० वर्षीया श्रीमती लक्ष्मी पाख्रीनको हत्या गरेको आरोपमा कैलाश गाउँपालिका-५, काफलडाँडाका २६ वर्षीय मंगलबहादुर पाख्रीन पक्राउ परेका हुन्।

मकवानपुर प्रहरीका अनुसार मंगलबहादुरले साउन २७ गते आफ्नै घरमा श्रीमतीलाई धारिलो हतियार बन्चरो प्रहार गरी हत्या गरेका थिए। प्रहरीका अनुसार उनले श्रीमतीको शवलाई ११ टुक्रा पारी दुई बोरामा राखी कालीखोला स्थित सामुदायिक वनमा लगेर गाडेका थिए।

श्रीमतीको कपडाहरु शव गाडेको स्थानबाट केही पर खाल्डो खनेर गाडेको अवस्थामा फेला परेकाे मकवानपुर प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) सीताराम रिजालले जानकारी दिए।

उनका अनुसार घटनामा प्रयोग भएको धारिलो हतियार बन्चरोको बिँड फुकालेर घर नजिकै गाडेको पाइएको छ।

‘घटनाको विषयमा आवश्यक अनुसन्धान गर्ने क्रममा मंगलबहादुरले स्वीकारोक्ति बयान दिएका छन्’, मकवानपुर प्रहरी प्रमुख रिजालले भने, ‘खाल्डो खनेर गाडिएको अवस्थामा टुक्राटुक्रा शव, कपडा र बन्चरो समेत बरामद गरेका छौं।’

श्रीमान्-श्रीमतीको बीचमा केही समयदेखि मनमुटाव हुँदै आएको र श्रीमानले लागूऔषध प्रयोग गर्ने गरेको खुल्न आएको रिजालले जानकारी दिए।

‘दुई जनाको बीचमा मनमुटाव, झैँ–झगडा हुँदै आएको, श्रीमानले लागूऔषध प्रयोग गर्ने र मानसिक रोग सम्बन्धी औषधि समेत खाँदै आएको पाइएको छ’, रिजालले भने।

घटनाको विषयमा जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय पालुङको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थललाई सुरक्षित राखेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।

प्रहरीले मंगलबहादुरलाई जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्याद अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

प्रकाशित: ३० श्रावण २०८१ १९:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App