४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

त्रिशूलीमा बेपत्ता दुबै बस र यात्रुहरूको खोजी कार्य आज पनि जारी

त्रिशूली नदीमा बेपत्ता भएका दुबै बस र यात्रुहरूको खोजी कार्य आज पनि जारी छ। 

शुक्रवार नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट यात्रुबाहक दुईवटा बस लेदोसहितको पहिरोमा परी त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो। जसको खोजी कार्य आजपनि बिहान ७ बजेबाट नै सुरु भएको बताइएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार हालसम्म उपलब्ध सबै स्रोत साधनको प्रयोग गरेर बस र यात्रुहरूको खोजी कार्य भइरहेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुषालले बिहानैदेखि खोजी कार्य जारी रहेको बताए। उनले गोताखोरसहितको टोली बसको खोजीमा रहेको भन्दै बस भेटिएला की भन्ने आशामा रहेको बताए।

हालसम्म उक्त दुर्घटनामा परेका ७ जनाको शव फेला परिसकेको छ भन अन्यको खोजी कार्य जारी रहेको छ।

काठमाडौँबाट रौतहटका लागि छुटेको र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बसमा गरी ६५ जना यात्रु सवार थिए।

प्रकाशित: ३१ असार २०८१ ०८:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App