४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

करोडबढीको लागतमा वडा कार्यालयको भवन निर्माण

दाताले निःशुल्क उपलब्ध गराएको जमिनमा झापाको भद्रपुर नगरपालिका–३ को कार्यालय निर्माण भएको छ। सरकारको एक करोड २४ लाखको लागतमा दुईतले भवन निर्माण भएको हो।

कार्यालयले आफ्नै भवनबाट मङ्गलबारदेखि सेवा प्रवाह गरेको छ। स्थानीय  ओमप्रकाश सरावगी, सत्यनारायण तायल, धनुहाङ सुहाङ, कल्याणकुमार राई, आइतबहादुर लिम्बू, श्याम थापामगर, निलमकुमार राई, कुवेर गुरुङ, भीमप्रसाद राई र केविर लिम्बूले पाँच कठ्ठा जमिन वडा कार्यालयलाई दान गरेका हुन्।

‘साँघुरो भाडाको घरबाट सेवा प्रवाह त्यति सहज थिएन’, वडाध्यक्ष हेमबहादुर कार्कीले भने, ‘अब सेवाग्राही र कर्मचारीलाई काम गर्न असहज नहुनेमा विश्वस्त छु।’ -रासस

प्रकाशित: २३ जेष्ठ २०८१ ११:२० बुधबार

#Bhadrapur Municipality #Office of 3