१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

डोको क्यारी रन प्रतियोगितामा प्रथम भए कार्की

ताप्लेजुङमा जारी ‘ताप्लेजुङ पर्यटन महोत्सव २०८१’ को चौथो दिन भएको डोको क्यारी रन प्रतियोगिताको उपाधि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा छत्र कार्की जितेका छन्।

उनले महोत्सवस्थलबाट फुङलिङ पैंयुबोटेमा रहेको सानो पाथीभरा मन्दिरसम्मको दुरी १ घण्टा १५ सेकेण्डमा पार गरे। यस्तै,पाँचथर फिदिमका विशाल राई दोस्रो भए। उनले  १ घण्टा १९ सेकेन्डमा निर्धारित दूरी पार गरे। 

यस्तै ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ३ का मिङ्माशेर्पा विचारी निर्धारित दुरी १ घण्टा २० सेकेन्डमा पार गर्दै तृतीय भए। फक्ताङलुङ गाउँपालिकाका सञ्च बहादुर शेर्पा चौथो र पाँचौ मिक्वाखोला गाउँपालिकाका फुरलाक्पा शेर्पा भए। 

मैवाखोला गाउँपालिकाका वाङगेल शेर्पा छैटौँ र फुङलिङ नगरपालिका वडा नं ३ का दीपेन्द्र सुजी सातौँ भए। मैवाखोला गाउँपालिका वडा नं ६ का अमिर लिम्बू आठौं,सोहि गाउँपालिका वडा नं ५ का लाक्पानुपु शेर्पा र आसकुमार लिम्बू क्रमशःनवौं र दशौं स्थानमा रहे। 

प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजार,दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पाउने छन्। प्रतियोगितामा चौथो देखि दशौं नम्बर सम्मा नाम लेखाउने सहभागीहरूले जनही १ हजार रुपैयाँ पाउने छन्। १८ जना धावकलाई १५ किलो वजन डोकोमा लगाई दौडाईएको थियो।  

प्रकाशित: ६ जेष्ठ २०८१ १२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App