६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

घाँस काट्न गएका दुईजना महिला डढेलोमा परी घाइते

बैतडीमा वनमा लागेको डढेलोमा परी दुईजना महिला घाइते भएका छन्। घाइते हुनेमा दशरथचन्द नगरपालिका–१ देउमडाकी ४५ वर्षीया मानमती भुल र ४६ वर्षीया धौली भुल रहेका छन्।

स्थानीय वनमा घाँस काट्न गएका दुबैजना महिला डढेलोमा परी घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए।

उनका अनुसार घाइते दुबै जनालाई स्थानीयहरुले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल बैतडी पुर्‍याएको र जिल्ला अस्पतालमा उनीहरुको उपचार सम्भव नभएपछिे धनगढी रिफर गरिएको छ।

उनले भने, ‘घर नजिकैको स्थानीय वनमा घाँस काट्न गएका थिए। घाँस काट्ने क्रममा भिरबाट हुरीसँगै डढेलो आयो। अनि उनीहरु भाग्न सकेनन्। डढेलोमा परी दुबैजना घाइते भएका हुन्। दुबैजनालाई स्थानीयहरुले उद्धार गरी जिल्ला अस्पतालमा ल्याएका थिए। यता उपचार संम्भव भएन्। त्यसपछि दुबै जनालाई धनगढी पठाएको हो।’

हाल उनीहरुको धनगढीस्थित सेती प्रादेशीक अस्पतालमा उपचार भइरहेको छ। दुबै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ वैशाख २०८१ १०:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App