१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

उच्च हिमाली क्षेत्र याङमा बस्तीमा बाल शिक्षा र स्वास्थ्य एकाइ स्थापना

समुद्री सतहदेखि चार हजार दुई सय मिटरको उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका ७ स्थित याङमा बस्तीमा बाल शिक्षा र स्वास्थ्य एकाइ स्थापना भएको छ। याङमा पूर्वीनेपालकै सबैभन्दा उचाइमा रहेको बस्ती मानिन्छ।

यससँगै याङमाका वासिन्दाले उपचारका लागि एकदेखि डेढ दिन पूरै खर्चिएर ओलाङ्चुङ्गोलासम्म आइपुग्नुपर्ने बाध्यता हटेको छ।

फक्ताङ्लुङ गाउँपालिकाले त्यहाँ सामुदायिक स्वास्थ्य एकाइ र प्रारम्भिक बाल शिक्षा केन्द्र स्थापना गरेको हो। फक्ताङलुङ गाउँपालिका ७ ओलाङ्चुङ्गोलाका वडाध्यक्ष छेतेन लामा शेर्पाले याङमामा प्राथमिक उपचार सेवा (सामान्य सेवा) सुरु हुनु निकै खुसीको विषय भएको बताए।

उनका अनुसार अहिले याङमामा १० घरपरिवारको बसोवास रहेको छ। याङमा गाउँमा सञ्चार सम्पर्क हुँदैन।

प्रकाशित: १० वैशाख २०८१ १६:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App