१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

दीपेश पुन जेल चलान

सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन्।

शुक्रबार रुपन्देही जिल्ला अदालतले पुनलाई चार लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर पुनले चार लाख धरौटी जम्मा गर्न नसकेपछि जेल चलान गरिएको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए।

उनले भने, 'अदालतले उहाँलाई  चार लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर उहाँले आज धरौटी जम्मा गर्न सक्नुभएन। धरौटी रकम जम्मा गर्न नसकेपछि भैरहवास्थित जिल्ला कारागार चलान गरिएको छ। धरौटी जम्मा गरेपछि हामीले उहाँलाई छोड्ने छौँ ।' 

प्रकाशित: ७ वैशाख २०८१ १७:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App