२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

वैवाहिक बलात्कारको मुद्दा लागेका न्यायाधीश गिरी जेल चलान

वैवाहिक बलात्कारको मुद्दा लागेका न्यायाधीश भुवन गिरी जेल चलान भएका छन।

काठमाडौँ जिल्ला अदालतमा सोमबार हाजिर भएका गिरीलाई अदालतले डिल्लीबजार पठाउन आदेश गरेको हो।

२०८० चैत २१ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठले उनलाई थुनामा राख्न आदेश गरेका थिए। सो आदेशपछि उनी जिल्ला अदालतमा हाजिर भएका हुन्।

पत्नी आरती गिरी रावलले उनीबिरुद्ध वैवाहिक बलात्कार मुद्दा दायर गरेकी थिइन्। जिल्ला अदालत कपिलवस्तुमा कार्यरत हुँदा फौजदारी कसुरको जाहेरी परेपछि उनी निलम्बनमा परेका थिए।  

प्रकाशित: ३ वैशाख २०८१ १२:५२ सोमबार

न्यायाधीश भुवन गिरी