१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

निशा र शरदले एकअर्काको सम्पत्ति नलिने, भएको अंश छोराको नाममा राख्ने

अभिनेत्री निशा अधिकारी र उनका श्रीमान पूर्वक्रिकेटर शरद भेषवाकरले आफूहरुको सबै अंश छोराको स्वामित्वमा राख्ने भएका छन्।

मंगलबार निशाले फेसबुकमार्फत एक वक्तव्य जारी गर्दै आफूहरुको सबै अंश छोराको स्वामित्वमा राख्ने बताएकी हुन्।

निशाले आफूहरुले एकअर्काबाट पैसा नलिने समेत बताएकी छिन्। कानूनमा आमा र बुवा दुबैको सबै कुरा भाग लाग्ने व्यवस्था रहेको उल्लेख गर्दै निशाले कानूनी उपचार आफ्नो व्यक्तिगत रहेको बताएकी छन्।

उनले आफ्नो सन्तानको आर्थिक पाटो सुल्झाउन पाएकोमा आफूलाई गर्व  लागेको उल्लेख गरेकी छन्।

काठमाडौं जिल्ला अदालतले निशा र शरदको मुद्दामा निशाले सगोलको सम्पत्तिको तीन भागको एक भाग अंश पाउने फैसला सुनाएको थियो। बच्चाको उमेर १८ वर्ष नहुँदासम्म आमाबाबु दुवैको संरक्षणमा हुनुपर्ने फैसला पनि अदालतले सुनाएको थियो।

अंश नपाउँदासम्म मानाचामल बापत बादीहरु (निशा र बच्चा) ले शरदबाट मासिक ४१ हजार रुपैयाँ पाउने ठहरसमेत अदालतले गरेको थियो। 

प्रकाशित: १५ फाल्गुन २०८० १३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App