७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

टुँडिखेलको माघी मेलामा चेपिएर दर्शक घाइते

काठमाडौंको टुँडिखेलमा माघी मनाउन पुगेकाहरू चेपिएर घाइते भएका छन्। माघी मनाउन पुगेका दर्शकहरुको भीड अनियन्त्रित हुँदा दर्शकहरु घाइते भएका हुन्।

कार्यक्रममा सहभागी हुन पुगेकाहरू टुँडिखेल प्रवेश गर्ने क्रममा भीड अनियन्त्रित बनेको छ। प्रहरीले भीड नियन्त्रण गर्न लाठी चार्जसमेत गरेको थियो।

सोमबार मगर समुदायको माघे संक्रान्ति र थारू समुदायको माघी मनाउन टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको थियो।

सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी हुँदै छन्। 

प्रकाशित: १ माघ २०८० ११:०२ सोमबार

माघी मेला