१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

त्रिशुली जिप दुर्घटना : ८ दिनपछि भेटियो सचिवका छोराको शव

धादिङ – त्रिशुली नदीमा जिप खस्दा वेपत्ता भएका सिंचाई मन्त्रालयका सचिव रमानन्द यादवका छोराको शव ८ दिनपछि फेला परेको छ। सचिव यादव चढेको जिप माघ २६ गते मलेखु नजिकै त्रिशुली नदीमा खसेर दुर्घटना भएको थियो। 

दुर्घटनामा सचिव यादव र आफन्त उन्नती गुप्ताको मृत्यु भएको थियो। दुबैको शव तत्कालै फेला परेपनि सन्तोषको शव शुक्रबार बेनिघाट रोराङ गाउँपालिका ५ मा पर्ने  त्रिशुली नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ।

सवारी चालक निरञ्जन यादबको भने घटना भएकै दिन सकुशल उद्दार गरी अस्पताल भर्ना गरिएको थियो। उनको काठमाडौंमा उपचार भइरहेको छ।

प्रकाशित: ४ फाल्गुन २०७४ १२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App