वीरगन्जबाट पोखरातर्फ गइरहेको यात्रु बस आज बिहान ५ बजे तनहुँको म्याग्देमा दुर्घटना हुँदा ३२ जना यात्रु घाइते भएका छन्।
घाइतेहरूमध्ये २९ जनाको तनहुँको बेलचौतारामा उपचार भइरहेको छ भने ३ जनालाई उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। तिनमध्ये एकको अवस्था गंभिर रहेको प्रहरीले जनाएको छ।
वाग्मती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस आज बिहान करिब ५ बजे सडकबाट करिब ५६ फिट तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँणले बताए।
प्रकाशित: १९ पुस २०८० ०४:०२ बिहीबार