१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

जिप दुर्घटनामा एकको मृत्यु, एक घाइते

जिल्लाको गौमूल गाउँपालिकानजिकै मालिवनमा गएराति जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ६ घर भएका जिपधनी अन्दाजी ३८ वर्षीय देवेन्द्रनाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। घटमुनाबाट सिया ढुंगा जाँदै गरेको से१ज ९८९ नम्बरको जिप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक किशोरसिं ऐरीले जानकारी दिए।

उनका अनुसार जिपमा सवार जय मालिका यातायात प्रालिका ‘काउन्टर प्रमुख’ मदन रोकाया घाइते भएका छन्। जिप सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको छ। –रासस

प्रकाशित: १३ पुस २०८० ०२:३७ शुक्रबार

जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु गौमूल गाउँपालिकानजिकै मालिवन