१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

जातीय नरसंहारमा संलग्नलाई जन्मकैदको फैसलापछि राजधानीमा दीप प्रज्वलन

रुकुम पश्चिमस्थित सोतीमा भएको जातीय नरसंहारमा संलग्नलाई मंगलबार जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको फैसला गरेपछि बुधबार दिउँसो राजधानीमा खुसीयाली सहित दीप प्रज्वलन गरिएको छ।

नवराज विक सहित ६ जनाको हत्याको स्मरणमा वैज्ञानिक समाजवादी पार्टी तथा जात व्यवस्था विरुद्धको मोर्चाले दीप प्रज्वलन गरेको हो।

रत्नपार्क शान्ति वाटिकामा गरिएको सो कार्यक्रम मार्फत मोर्चाले जात व्यवस्था अन्त्यको लागि थप सङ्घर्ष गर्ने सङ्कल्प लिएको छ।

न्यायाधीश खड्गबहादुर केसीको इजलासले मंगलबार उक्त मुद्दामा एक जना नाबालकसहित २४ जनालाई जन्मकैदको सजाय सुनाइएको छ।

२०७७ जेठ १० गते जाजरकोट भेरी–४ स्थित राना गाउँका २१ वर्षीय नवराज साथीहरूसहित प्रेमिकाको गाउँ पुगेका थिए। मल्ल थरकी प्रेमिकालाई बिहे गर्न उनी छिमेकी जिल्ला रुकुम पश्चिमको सोती गाउँ पुगेका थिए।

सोही बेला चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लको नेतृत्वमा गाउँलेले योजनाबद्ध आक्रमण गर्दा नवराजसहित उनका साथी सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको हत्या भएको थियो।

प्रकाशित: २० मंसिर २०८० १६:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App