१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

महिना दिनमै स्थानीयले गाउँमा मोटरबाटो पुर्याए

उदयपुर – उदयपुर – कटारी नगरपालिका वडा नम्बर–१० को सोतासम्म जोड्ने मोटरबाटो शनिबारदेखि सञ्चालनमा आएको छ । १.६ किलोमिटर लामो उक्त सडकको स्थानीय जनताको नेतृत्वमा निर्माण कार्य थालेको एक महिनामा सञ्चानलमा आएको हो ।  

मंसिर दोस्रो साताबाट निर्माण थालिएको सडक १४ लाख रुपैंयाको लागतमा निर्माण सम्पन्न भएको थियो । कटारी नगरपालिकाको १० लाख ४५ हजार र स्थानीयबासीले २ लाख ७१ हजार ६ सय ५० रुपैंया बराबरको जनश्रमदानबाट सडन निर्माण कार्य पुरा भएको थियो । निर्माण सम्पन्न पुरा भएको सडक उद्घाटन गर्दै मेयर ज्ञानेन्द्र श्रेष्ठले सडक विकासको कारण स्थानीयहरुलाई सहज हुने प्रतिक्रिया दिएका थिए । ‘करिव १.६ किलोमिटर सडक निर्माण कार्यले स्थानीयहरुको आवतजावतमा सहज हुनेछ,’उनले भने ।

त्यस्तै गाउँ सडक सञ्जालमा जोडिएपछि जनता हर्षित भएको भन्दै सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष यामबहादुर श्रेष्ठले सडकको ग्रावेल र कालोपत्रे गर्न बजेटको माग गरेका थिए ।  ‘करिव २५ प्रतिशत श्रमदानबाट गाउँमा सडक ल्याउन सफल भइयो । अव यो सडक कालोपत्रे गर्नको लागि रकमको आवश्यकता भएकाले आगामी आर्थिक वर्षमा बजेट उपलब्ध गराइदिन सरकारसामु माग गरेका छौं,’उनले भने । यसअघि गाउँमा उत्पादन हुने खानेकुरा र फलपूmल खेर जाने गरेका छन् । सोतामा नास्पाती, सुन्तला, कागती, काँक्रा, फर्सी, भटमास, तोरीजस्ता फलफूल तथा अन्नबाली उत्पादन हुन्छन् ।

प्रकाशित: २४ पुस २०७४ ०७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App