४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

टिकटक प्रतिबन्धविरूद्ध सर्वोच्चमा ७ निवेदन

सरकारले टिकटक माथि लगाएको प्रतिबन्धविरूद्ध सर्वोच्च अदालतमा सात वटा रिट निवेदन परेको छ।

शुक्रबार अपरान्हसम्म टिकटक माथि लगाएको प्रतिबन्धविरूद्ध सर्वोच्च अदालतमा ७ वटा रिट निवेदन परेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द प्रसाद अधिकारीले जानकारी दिए।

उनले भने, 'सरकारले टिकटक माथि लगाएको प्रतिबन्धविरूद्ध अहिलेसम्म सात वटा रिट आएका छन्। त्यो दर्ता प्रक्रियामा छ। हामीले अध्ययन गरिरहेका छौँ।' 

सरकारले कात्तिक २७ गते टिकटक माथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सामाजिक सद्भाव बिग्रिन थालेकाले टिकटक बन्द गर्ने निर्णय गरिएको सरकारको भनाइ थियो।

सरकारले टिकटक माथि लगाएको प्रतिबन्धविरूद्ध सकारात्मक र नकारात्मक दुवै खाले प्रतिक्रिया आएका छन्।

प्रकाशित: १ मंसिर २०८० ०६:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App