बैतडी –रूखबाट लडेर विहिबार बैतडीमा एक वृद्घाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुर्गम सिगास गाउँपालिका–१ की ६५ वर्षीया कलावती महरा रहेकी छिन्।
बिहान ८ बजे घरनजिकै रहेको बाँजको रूखमा घाँस (स्याउला) काट्न भनी गएकी कलावतीको एक्कासी लडेर गम्भीर घाइते भएकी थिइन्।
गम्भीर घाइते कलावतीलाई उपचारका लागि डडेल्धुरातर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए। शव परीक्षणका लागि स्थानीय स्वास्थ्य चौकीमा राखिएको प्रहरीले जनाएको छ।
प्रकाशित: १ मंसिर २०७४ ०५:४७ शुक्रबार