१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

बैतडीमा असिनापानीले बालीनाली सखाप

बेमौसमी वर्षासँगै परेको असिनाले बैतडीका विभिन्न स्थानमा बाली सखाप पारेको छ। आइतबार बेलुका परेको असिनापानीले जिल्लाको डिलाशैनी, दोगडाकेदार, सिगास गाउँपालिका सहित पुर्चौडी नगरपालिका लगायतमा बाली नष्ट गरेको हो।

असिनापानीले पाकेको धान, भटमास, कोदो, र तरकारी नष्ट गरेको डिलाशैनी-७ का मदन धामीले बताए। पाकेर भित्र्याउन तयारी गरेको बाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन्। धान र भटमासका साथै किसानले आफ्नो खेतमा लगाएको सबै तरकारी समेत असिनापानीले नष्ट गरेको छ।

दिनभरि मौसम सफा रहे पनि साझँपख वर्षा भएको छ। वर्षाका कारण  खरफागलामा काटेर सुकाएको खर घाँस समेत क्षति भएको दोगडाकेदारकी अन्जु भाटले बताइन्।

हिउँदको महिनामा पशुचौपायाका लागि काटेर सुकाएको खर नष्ट गर्दा किसान चिन्तित बनेका छन्। हिउँदमा पशुचौपायालाई खुवाउन अहिले सबै खर फागालाको घाँस काटेर सुकाउने गरिन्छ।  

प्रकाशित: २९ आश्विन २०८० ०७:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App