६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

इजरायलबाट फर्केका सुवेदी भन्छन्: अज्ञात रहेका विपीनलाई देशको छोरा जसरी खोज्नुपर्‍यो

युद्धग्रस्त इजरायलबाट २५३ जना नेपाली आज स्वदेश फर्केका छन्। नेपाली बोकेर फर्केको नेपाल एयरलाइन्सको विमान आजै राति १ बजेर ३० मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छ।

विमानमा सबै जना विद्यार्थीहरू रहेका छन्। विद्यार्थी ल्याउनको लागि परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको टोली गए राति इजरायल प्रस्थान गरेको थियो।

स्वदेश फर्केका विद्यार्थी दाङका विपीन सुवेदीले इजरायलमा अझै सम्पर्कविहीन भएका आफ्ना साथी  विपीन जोशीको खोजी राम्रोसँग गर्न सरकारलाई आग्रह गरेका छन्।

सुवेदीले आज आफूहरूको एउटा चीत्कार साथी विपीन जोशीको खोजी पनि रहेको बताएका छन्। सुवेदीले आफूहरू बाचे पनि जिन्दगी भरी मरी मरी बाँच्नु पर्ने भएको बताएका छन्। 

'हामी सपना बुनेर आँको , सपना टुटेर आउनु परेको छ ! आज हाम्रो एउटा चीत्कार भनेको हाम्रो प्रिय साथी विपीन जोशीको खोजीको हो। हामी बाँच्यौँ तर हामी जिन्दगी भरी मरी मरी बाँच्नु पर्ने भयो, उनले लेखेका छन्, भगवाले हामीलाई बचाउनु भयो। उसलाई पनि बचाउनुहुन्छ। तर केही त गर्नुपर्‍यो। हामीले प्रार्थना गरेझैँ सरकारले खोज्नपर्‍यो, लाग्नुपर्‍यो। माहोल तातिएपछि मात्रै भन्दा, उसलाई देशको छोरा जसरी खोज्नुपर्‍यो। विपिनको सुरक्षित आगमनको लागि नेपाल पर्खिरहेको छ!'

प्रकाशित: २५ आश्विन २०८० ११:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App