चकुन्चा (खहरे खोला) खोलेको महिनौं दिन बित्दापनि व्यवस्थापन नभएको भन्दै कपनका स्थानीय आन्दोलित भएका छन्।
साउनको अन्तिम साता काठमाडौं महानगरपालिकाको डोजरले कपनको चकुन्चा खोलेपछि बाढीको भेल खेप्दै आएका सर्वसाधरणले अहिले दुर्गन्धको सामना गर्नु परेको सुनाए।
कपनमा खोला मिचेर बनाइएका अनधिकृत संरचना हटाउने भन्दै काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाबीच साउनको अन्तिम साता तीन बुँदे सहमति भएसँगै खोल खोल्ने काम सुरु भएको थियो। सोही समयमा व्यवस्थापनका अन्य कुरा चाडो सक्ने भनिएको थियो। तर अझैपनि व्यवस्थापन हुन नसक्दा सर्वसाधरण आन्दोलित भएका हुन्।
खहरेमा पानी घट्दै जादा दुर्गन्ध बढेकाले सर्वसाधरण आत्तिएका छन्। फोहोरमा लामखुट्टे धेरै देखिन थालेको छ। हैजाको डरले सताउन थालेको सर्वसाधरण बताउँछन्।
खहरे खोल्ने बेलामा यो पक्ष उ पक्ष भनेर छुटीएपनि अहिले दुवै पक्षले उस्तै समस्या भौग्दै छन्। पानीको व्यवस्थापनको लागि कल्भर्ट बक्स राख्ने पहिलैको योजना उत्तम भएको भन्दै यसैलाई निरन्तरता दिनु स्थानीय बताउँछन्।
काठमाडौं महानगरले एकलौटी ढंगबाट अगाडि बढ्दा जोखिमको अवस्था सिर्जना भएको स्थानीयले सुनाए।
प्रकाशित: १५ आश्विन २०८० ०९:१२ सोमबार