१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

एमबीबीएस प्रवेश परीक्षामा प्रविधिमार्फत चिट चोर्ने र चोराउने पक्राउ

चिट चोराउन प्रयोग गरिएको डिभाइस।

काठमाडौं- एमबीबीएस प्रवेश परीक्षामा वायरलेस डिभाइस मार्फत चिट चोर्ने र चोराउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। भाइवर मार्फत प्रश्नपत्र आउट गर्ने र विद्यार्थीलाई  वायरलेस डिभाइस मार्फत चिट चोराउने गिरोहलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा राजिवकुमार सिंह, सिखा झा, राहुल झा, सक्षमराज भण्डारी, मुकेशकुमार यादव, आशुतोष कुमार झा लगायत छन्। स्रोतका अनुसार सिखा झा र राहुल झाले प्रति विद्यार्थी १५/ १५ लाख लिएर प्रश्नपत्र आउट गराउँदै प्रविधि मार्फत चिट चोराउने धन्दा सञ्चालन गरेका हुन्। पक्राउ पछि प्रारम्भिक अनुसन्धान थालिएको महाशाखाका एसएसपी दिवेश लोहनीले बताए।

स्रोतका अनुसार गिरोहले परीक्षा सुरु हुनु भन्दा अघि भाइवर मार्फत प्रश्नपत्र आउट गर्ने गरेको देखिएको छ। चिट चोराएर पास गराउने भन्दै रकम लिएका विद्यार्थीको कानमा विशेष प्राकारको वायरलेस डिभाइस राखेर बाहिरबाट उनीहरुले उत्तर टिपाउने गर्थे।  

 

प्रकाशित: २८ आश्विन २०७४ १४:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App