४ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

उपचार केन्द्रलाई ओके बाजेको नौ लाख सहयोग

पाल्पा – कालीगण्डकी आँखा उपचार केन्द्र रामपुरलाई जापानिज नागरिक काजुमासा काकीमी ‘ओके बाजे’ले नौ लाख सहयोग हस्तान्तरण गरेका छन्।

समाजसेवी काकीमीले फ्रेण्डस जापान मार्फत सोमबार नौ लाख रुपैयाँको चेक उपचार केन्द्रका अध्यक्ष हुतराज पोखरेललाई अस्पतालमै पुगेर हस्तान्तरण गरेका हुन् । कालीगण्डकी आँखा उपचार केन्द्रको भौतिक पूर्वाधार निर्माण तथा स्तर उन्नतिका लागि नगद सहयोग गरेको जापनिज नागरिक समाजसेवी काजुमासा काकीमी ओक बाजेले बताए।

स्थापना कालदेखि केन्द्रलाई विभिन्न चरणमा ओके बाजेले सहयोग गरेको र अस्पताल स्थापना नै उनकै सहयोगमा सम्भव भएको आँखा उपचार केन्द्रका अध्यक्ष हुतराज पोखरेलले बताए । पोखरेलले जापानिज नागरिक काकीमीले हालसम्म उपचार केन्द्रकालागि नगद ४५ लाख र विभिन्न आधुनिक उपकरण लगायत अन्य सामाग्री सहयोग गरिसकेको बताए।

यो आँखा उपचार केन्द्र स्थापना भएसंगै गण्डकी बेशी क्षेत्रका पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका क्षेत्रका आँखाका रोगीहरू प्रत्यक्ष लाभान्भित हुँदै आएका छन् । साथै केन्द्रले दैनिक रुपमा आँखाका विरामीहरुको आँखा परिक्षण र उपचार गर्दै आएको छ भने मोतिया विन्दु तथा मासुपलाएको अप्रेसनको लागि बेलाबेलमा डाक्टर सहितको शिविर संञ्चालन गर्दै आएको छ । केन्द्रले विभिन्न संस्थाहरू संघ सहकार्य गर्दै ग्रामिण भेगहरूमा समेत आँखा शिविर गर्दै आएको छ । उपचार गर्न नसक्ने विपन्न परिवारको लागि निशुल्क उपचारको समेत व्यवस्था गरेको छ।

प्रकाशित: १९ आश्विन २०७४ १३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App