६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बनेपामा महिला शव फेला

बनेपा- बनेपा नगरपालिका– ८ स्थित इट्टाभट्टा नजिकैको मकैबारीमा आज एक महिला मृत अवस्थामा फेला परेकी छिन् । 

अर्धनग्न अवस्थामा फेला परेकी करिब ४५ वर्षीया ती महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिए । 

“यो शव केही दिन अघिको नै हुनसक्छ, कुहिएको अवस्थामा छ,” उनले भने । शवलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रनाउ मरासिनीले बताए । रासस 

प्रकाशित: १३ भाद्र २०७४ १०:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App