१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

दाङमा पाँचजना डेङ्गुका बिरामी फेला

दाङ– दाङको तुलसीपुरमा डेङ्गुका बिरामी फेला परेका छन् । तुलसीपुरस्थित सिटी अस्पतालमा पाँचजना डेङ्गु रोगका बिरामी फेला परेका हुन्। 

अस्पतालमा उपचारका लागि आएका बिरामीको रगतको गरिक्षण गर्दा डेङ्गुको संक्रमण फेला परेको अस्पतालका डा. सुवोधकुमार शर्माले जानकारी दिए। 

तुलसीपुर–५ र ६ का एक पुरुष र दुई महिला त्यसैगरी शान्तिनगर गाउँपालिकाका र मानपुर–४ मा दुईजना महिलामा डेङ्गु रोग फेला परेको हो । अस्पतालमा भर्ना भएकामध्ये दुईजना महिला उपचारपछि घर फर्केको र दुई महिला र एक पुरुषको अस्पतालमा उपचार भइरहेको डा. शर्माले जानकारी दिए। 

लामखुट्टेको टोकाईबाट लाग्ने यो रोगबाट बच्न सरसफाईमा ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ । यस अघिपनि जिल्लामा १३ जना डेङ्गु रोगका विरामीहरु फेला परेका थिए । रासस 

प्रकाशित: १० भाद्र २०७४ ०८:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App