४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

बालसुधार गृहका १७ कैदीबन्दी अझै फरार

भक्तपुरको मध्यपुर थिमि नगरपालिका २ सानोठिमीस्थित बालसुधार गृहबाट सोमबार दुई सय २१ जना कैदीबन्दी फरार भएकोमा १७ जनाको खोजी कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ।  

फरारमध्ये सोमबार साँंझसम्म एक सय ९४ जना पक्राउ परेका थिए। राति  थप १० जना पक्राउ परेका थिए। भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले उनीहरुको खोजी कार्य निरन्तर जारी रहेको जनाएका छन्।  

बालसुधार गृहमा कैदी जीवन बिताइरहेका मन्थली नगरपालिका–३, कठजोरका वर्ष १८ का कमल बस्नेतको आइतबार रहस्यमय मृत्यु भएको थियो। बेहोस भएपछि अस्पताल लगिएका उनको उपचारको क्रममा मृत्यु भएको थियो। मृत्युपछि आफन्तले आइतबारदेखि बाल सुधार गृहको गेट अगाडि विरोध प्रदर्शन गरेका थिए। 

त्यस क्रममा सोमबार स्थिति तनावपूर्ण बनेको थियो । बालसुधार गृह गेट बाहिर पीडितका आफन्तहरुले र भित्र कैदीवन्दीहरुले विरोध गर्दै रहेको थियो। सोमबार कैदीवन्दीले आन्दोलनलाई उग्र बनाउँंदै जवरजस्ती मुल गेट बाहिर आएका थिए। यस क्रममा प्रहरीले रोक्ने प्रयास गरेको थियो। यस क्रममा कैदीबन्दी र प्रहरीवीच झडप भएको थियो। यस क्रममा सुरक्षार्थ खटिएको प्रहरीले गोली चलाएको थियो। गोली प्रहार गरेपछि अझ आक्रोशित हुँदै कैदीबन्दीले प्रहरीलाई लखेटेर बाहिर निस्केर भागेका थिए।  

झडपमा परी प्रहरीतर्फ १९ जना र बालबन्दीतर्फ दसजना गरी कुल २९ जना घाइते भएको प्रहरीले जनाएको थियो। उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।  

भक्तपुर प्रहरी परिसरले जनाए अनुसार प्रहरीतर्फका घाइते नागरिक अस्पतालमा दुईजना, भक्तपुर अस्पतालमा दुईजना, भक्तपुर ईन्टरनेश्नल अस्पतालमा दुई जना, मध्यपुर अस्पतालमा पाँंच जना, सशस्त्रको नागरिक अस्पतालमा आठजना गरी कुल १९ जनाको उपचार भइरहेको छ। यस्तै वन्दी बालबालिकातर्फ नागरिक अस्पतालमा सात जना, ट्रमा सेन्टरमा तीन जना गरी कुल दस जनाको उपचार भइरहेको भक्तपुर प्रहरी परिसरले जनाएको छ।

प्रकाशित: ५ भाद्र २०८० ०५:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App