बाजुरा- बडिमालिका यात्रामा गएका एक जना तीर्थयात्रीको भीर बाट लडेर मृत्यु भएको छ। बडिमालिकाको दर्शन गर्न जाने क्रममा त्रिवेणी नगरपालिका–२ का ५५ बर्षका बर्षिय डम्मलाल जैशीको मृत्यु भएको हो।
हाल कैलालीको फूलबारीमा बस्दै आएका जैशीको भीरको बाटोमा चिप्लीएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक दल बहादुर बोगटीले जानकारी दिए।
जैशी आफन्त सहीत साउन २२ गतेको मेलाका लागि बडिमालिका यात्रामा हिँडेका थिए । बडिमालिकामा जनैपूर्णिमाको अघिल्लो दिन चर्तुदशीमा भव्य मेला लाग्ने गर्दछ । त्रिवेणी क्षेत्र नपुग्दै बीच बाटोमा लडेर मृत्यु भएको हो ।
यसैगरी स्वामी कार्तिक गाउँ पालिका–२ बस्ने पम्फ बुढाकी ४५ वर्षकी श्रीमति साउनी बुढाको पनि भीर बाट लडेर मृत्यु भएको छ । घाँस गाउँ नजिकैको भीरमा गएको बेला चिप्लीएर मृत्यु भएको आफन्तले बताएका छन्।
प्रकाशित: २० श्रावण २०७४ १३:३८ शुक्रबार