४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

फोटोग्राफी दिवस: ‘तस्बिरमा बालबालिका’

काठमाडौंको वसन्तपुरमा ‘तस्बिरमा बालबालिका’ नामक फोटो प्रदर्शनी आयोजना गरिएको छ।

१८४ औं विश्व फोटोग्राफी दिवसको अवसर पारेर राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे) सिविन नेपालको सहयोगमा शनिवार (आज) एकदिने सो फोटो प्रदर्शनी आयोजना गरेको हो। 

प्रदर्शनीमा बालबालिकाका गौरवगाथाहरुलाई चित्रण गर्ने खालका ६० भन्दाबढी तस्बिरहरु समावेश गरिएका छन्। बालबालिकाहरुमा खुशीयाली ल्याउन सो प्रर्दशनी आयोजना गरिएको एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए।

‘१८४ औं विश्व फोटोग्राफी दिवसको असरमा हामीले शनिबार वसन्तपुरको डबलीमा सिविन नेपालको सहयोगमा ह्याप्पी बालबालिका, जो राष्ट्रिय गौरव हुन भन्ने नाराका साथ फोटो एक्जीविशन गरेका छौं। यसमा करिव ६० वटा फोटो राखिएको छ। बालबालिकाहरु गुम्न आउने, खेल्न आउने भएको यो ठाउँमा विभिन्न जिल्लाका बालबालिकाहरुको क्रियाकलापहरु समेटिएको फोटो प्रर्दशन गरिएको हो। बालबालिकाहरुमा खुशीयाली ल्याउन पनि यो प्रर्दशनी आयोजना गरिएको हो।’ उनी भन्छन्। 

‘बालबालिका राष्ट्रका गौरव हुन्’ भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रर्दशनीमा विभिन्न जिल्लाका बालबालिकाहरुले खुशीका साथ गरेका क्रियाकलापहरु समावेश गरिएको तस्स्बिरहरु छन्।

एनएफपीजेले आफ्नो स्थापनाको २५ वर्ष पुगेको अवसर पारेर खेल, मनोरञ्जन र काममा खुशीका साथ सहभागी भएका बालबालिकाहरुलाई थप उत्साही बनाउने उद्देश्यका साथ सो प्रदर्शनी गरिएको जनाएको छ।

प्रकाशित: २ भाद्र २०८० ०९:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App