२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

अरिंगालको टोकाईले एक युवकको मृत्यु

गुल्मीमा अरिङ्गालले चिल्दा एक युवाको मृत्यु भएको छ । अरिंगालको गोला पोल्न हिंडेका मुसिकोट नगरपालिका वडा नम्बर ४, कालढुङ्गाका २१ वर्षिय शैलेससिंह ठकुरीको अरिङ्गालले चिलेर मृत्युु भएको हो।  

जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी डिएसपी डिल्लीनारायण पाण्डेका अनुसार सोमबार साँझ ६ बजेको समयमा ठकुरी साथीहरूसँग देविस्थान सामुदायिक जंगलमा अरिङ्गाल पोल्न गएका थिए। अरिङ्गालले टोकेर घाइते उनी राति घरमा आएर सुतेको र मंगलवार बिहान उपचारको लागि गुल्मीको सदरमुकामस्थित गुल्मी अस्पतालमा ल्याइएको थियो ।  

उनलाई बिहान साढे ८ बजे गुल्मी अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० श्रावण २०८० ०६:१२ मंगलबार

अरिंगालको टोकाईले एक युवकको मृत्यु