कर्णाली राजमार्ग ३४ घण्टापछि खुलेको छ। बेपत्ता ट्याक्टर चालक धन गिरीले न्याय नपाएको भन्दै बिहीबारदेखि बन्द गरिएको कर्णाली राजमार्ग ३४ घण्टापछि खुलेको हो।
बिहीबार विहान ४ बजेदेखि अवरोध गरिएको राजमार्ग ३४ घण्टापछि खुलाइएको छ। पीडितसंग वार्ता गरेपछि सडक खुलेकाे हाे।
वार्ता टोलीले खोज उद्दार तथा अनुसन्धानका लागि केन्द्रको विज्ञ टोलि खटाउन पहल गर्ने, आजै पत्र पठाउने, छोराछोरीको पठनपाठनको तथा रोजगारीको व्यवस्थापनमा पहल गर्ने, सर्वोच्चमा मुद्दा प्रक्रिया अघि बढाउने, उच्च सरकारी वकिलले ३ दिनभित्र मुद्दा तयार गरिदिने, तथा बेपत्ता गिरीको खोज अनुसन्धानका लागि सबै निकायले सहयोग गर्ने सहमति गरेको छ।
२०७७ साल असोज १५ गते बेपत्ता भएका चन्दननाथ ९ बयालकाटिया निवासी २२ वर्षिय धन गिरीले न्याय नपाएको भन्दै आफन्तले सडक बन्द गरेका थिए। स्थानीय तुलराज गिरीले न्यायधिषको फैसला न्यायोचित नभएको भन्दै न्याय परिषद जाने बताए।
प्रकाशित: २६ श्रावण २०८० ०९:१९ शुक्रबार