४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

विरगञ्ज कृषि औजार कारखानाको लागि महावीर पुनले राखे मेडल लिलामीमा

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफ्ना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल लिलामीमा राखेका छन्।

पुनले विरगञ्ज कृषि औजार कारखानाको लागि प्रयोग गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल लिलामीमा राखेको बताइएको छ।

उधमी आलोक आलोक सुवेदीले सामाजिक सञ्जाल फेसबुकमा केन्द्रका अध्यक्ष पुनको अनुरोधमा उनका पाँच मेडल लिलामका लागि राखिएको बताएका छन्।

लिलामीबाट प्राप्त हुने सम्पुर्ण रकम राष्ट्रिय आविष्कार केन्द्रलाई जाने र सो रकमलाई विरगञ्ज कृषि औजार कारखानाको लागि प्रयोग गरिने पनि उनले जानकारी दिएका छन्।

नेपाल सरकारले कृषि कारखानाको मर्मत सम्भार र मेसिनरी औजार थप गर्नका लागि पहिलो पटक अनुदान दिने भने पनि अहिले आएर ऋण दिने भनेको पनि उनले उल्लेख गरेका छन्।  

प्रकाशित: १७ श्रावण २०८० ०९:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App