६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

भारतीय प्रहरीद्वारा अनुमतिबिना नेपाली भूमि छिरेर अपहरण प्रयास

जिल्ला प्रहरी कार्यालय डोटीको परिसरमा अपहरणको प्रयास गरिएका लाल बहादुर आउजीका आफन्तहरु । तस्वीरः अरूण

डोटी— मध्यराति करिब दुई बजेको थियो। परिवारका सबै निदाएका थिए। ढोकामा ढक्ढक्को आवाजसँगै ‘काकी..काकी..’ भन्ने आवाज सुनियो। आफन्त होलान भनेर दिपायल सिलगढी नगरपालिका–८, की लाली आउजीले ढोका खोलिन्।

ढोका खोल्नासाथ अकस्मात तीन-चार जना कसिलो ज्यान भएकाहरु धमाधम भित्र पसे। ८ जनाको परिवार लहरै सुतेका थिए। उनीहरुको शरीरमै टेकेर लालीका श्रीमान लालबहादुर आउजीलाई मुख थुनेर धक्कामुक्की गर्दै बाहिर निकाले। उनले एक शब्द मुखबाट निकाल्न पाएनन्।

परिवारका सदस्यहरुमा आफल–बिफल मच्चियो। लाली छिमेकी गुहार्न गइन्। छिमेकी आइपुग्दासम्म ती अपहरणकारीहरुले लालबहादुरको हातमुखमा पट्टी बाँधेर जीपमा हालेर लैजान थाले। त्यतिञ्जेलसम्म आइपुगेका छिमेकी बिक्रम साउँदले एकजनाको हात तानेर सोध्ने प्रयास गरे। तर उनलाई पनि धक्का लगाएर पर धकेल्दै केही नबोली गाडी हुइँकियो।

उटा बसलाई सडकमा छड्के पार्दै बन्दुकको सहाराले जीप रोक्यो। र अपहरणकारी सहित अपहरणमा परेका लालबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरु सबैलाई यतिबेला जिल्ला प्रहरी कार्यालय डोटीमा राखिएको छ।

परिवारमा कोकोहोलो मच्चियो। टोलभरीका मान्छे जम्मा भए। स्थानीयले घटनाबारे लडागडामै रहेको प्रहरी चौकीलाई जानकारी गराए। बाटोमा रहेको प्रहरीले लडागडामै सिँठी बजाएर गाडी रोक्ने प्रयत्न गर्‍यो। तर गाडी रोकिएन्।

यसैबीच जिल्ला प्रहरी कार्यालय सिलगढीलाई घटनाको खबर भयो। खबर भएको २५ मिनेटमै जीप सिलगढी स्थित जिल्ला प्रहरी कार्यालयको चेकपोष्टमा आइपुग्यो।  खबरपछि प्रहरी तम्तयार अबस्थामा थियो।  एउटा बसलाई सडकमा छड्के पार्दै बन्दुकको सहाराले जीप रोक्यो। र अपहरणकारी सहित अपहरणमा परेका लालबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरु सबैलाई यतिबेला जिल्ला प्रहरी कार्यालय डोटीमा राखिएको छ।

यो घटना बुधबार रातीको हो । घटनाको बिषयमा माथिको बिबरण लालबहादुरका परिवार र स्रोतको आधारमा लिईएको हो। यसबिषयमा प्रहरी अहिलेसम्म बोलेको छैन। स्रोतका अनुसार अपहरणमा संलग्न ब्यक्तिहरु भारतीय प्रहरी हुन्। स्रोतका अनुसार अपहरणकारी टोलीमा ५ जना भारतीय प्रहरी संलग्न छन्। उनीहरुले एकजना भारत काम गर्न गएका स्थानीय अर्का ब्यक्ति प्रसाद पार्कीलाई सँगै ल्याएका छन्। भारतीय प्रहरीले अपहरण गर्ने कार्यमा प्रयोग गरिएको गाडी भने नेपाली हो।

उनीहरुले यसरी अपहरण गर्न खोज्नुको कारण अझै स्पष्ट रुपमा खुलेको छैन। प्रहरीले घटनाबारे कुनै कुरा सार्वजनिक गरेको छैन । अपहरणको प्रयास गरिएका लाल बहादुर गत असोजमा भारतबाट फर्किएका हुन्। अपहरणमा सहयोग गर्न यहाँसम्म ल्याइएका प्रसाद भने दुई महिनाअघि मात्रै भारत गएका थिए। उनी भारत गएपछि करिब १० दिन अगाडि पक्राउ परेको खबर आफन्तले पाएका थिए । उनै प्रसादलाई बाटो पहिल्याउँदै भारतीय प्रहरी यहाँसम्म पुगेको हो।

सन २०१६ सेप्टेम्बरमा भारतको कर्नाटकमा बैंक अफ महाराष्ट्रबाट १४ लाख भारतिय रुपैँया चोरी भएको र जसमा लाल बहादुर लगायतका ब्यक्तिहरुको संलग्नता रहेको भारतीय प्रहरीको अनुसन्धानले देखाएको स्रोतले जनाएको छ। सोही घटनालाई आधार बनाएर भारतीय प्रहरीले सोही ठाउँमा मजदुरी गरिरहेका दिपायल सिलगढी नगरपालिका–८ कै भाने पार्की, गणेश पार्की, डिल्ली पार्की, लाले पार्की, सुर्जे पार्की र प्रसाद पार्की लगायत अन्य सात जनालाई हिरासतमा राखेको परिवार स्रोतले जनाएको छ।

उता बिहिबार अपहरणमा संलग्न ब्यक्तिहरुलाई पक्राउपछि कर्नाटक प्रहरीसँग जिल्ला प्रहरी कार्यालय डोटीले गरेको सम्बादपछि हिरासतमा रहेका नेपालीहरुलाई मुक्त गरिएको छ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलका प्रमूख प्रहरी नायब महानिरिक्षक रोमेन्द्र सिँह देउजाले संलग्न ब्यक्तिहरु भारतिय प्रहरी रहेको अप्रत्यक्ष रुपमा स्वीकार गरेका छन्। आएका ब्यक्तिहरुमा भारतीय प्रहरी अधिकृतसम्मको संलग्नता रहेको पनि उनले स्वकारे।

यसबाहेक यो दुई देशबीचको विषय भएको टिप्पणी गरे। ‘सामान्य अनुसन्धान गर्न हामीहरु पनि उता गएका हुन्छौं । तर उनिहरुले सामान्य त्रुटी गरे,’ उनले भने, ‘हामीले जाँदा अनुमती लिएर जान्छौं। उनीहरु नलिईकन आए।’ यस विषयमा उनीहरुले गल्ती स्वीकार गरेको उनले बताए। ‘हामीलाई प्रक्रिया थाहा थिएन भनेर उनीहरुले भने तर पनि त्यो त भन्ने कुरा मात्रै हो,’ उनले थपे ।

भारतमा भएको बैंक चोरीको मुद्दासँग जोडिएको घटना रहेको पनि उनले बताए । ‘उता भारतमा बैंक चोरी भएको रहेछ। सोही कुराको इन्भेष्टिगेशनको लागि आएका रहेछन्,’ उनले भने,‘त्यसमा हाम्रो नागरिक संलग्न रहेको उनीहरुको तथ्य छ। तरपनि हामी हाम्रो नागरिक उनीहरुलाई दिँदैनौ ।’ भारतमा अन्य ब्यक्ति पनि हिरासतमा रहेको कुरालाई भने उनले अस्वीकार गरे।

उता भारतीय प्रहरीले छापामार शैलीमा नेपाली भूमिमा आएर नेपाली नागरिकलाई अपहरण गर्ने प्रयास गरेकोमा स्थानीय स्तरमा ब्यापक बिरोध भइरहेको छ। ‘यो नेपाली स्वाधिनतामाथिको ठुलो प्रहार हो,’ कानुन ब्यबसायी शंकरदीप मडै भन्छन्, ‘हाम्रो राज्यसंयन्त्र लाचार हुनुको परिणाम हो— यो ।’
यसअघि २०७३ बैशाख १२ गते डोटी र अछामको सिमानामा पर्ने चौखुट्टेवाट पाँच जना भारतीय नागरिकहरु अबैध हतियार सहित पक्राउ परेका थिए। उनीहरुलाई नेपाल प्रहरीले भारतमै पु¥याई छाडेर आएको थियो।

प्रकाशित: १८ जेष्ठ २०७४ १३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App