२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

चार वर्षदेखि डिजाइनमै सीमित पान्तडी पुल

तिला नदी। तस्बिर: नागरिक

कालिकोट जिल्लाको महावै गाउँपालिका जोड्ने तिला नदी पान्तडी पुल वर्षौँदेखि डिजाइनमै सीमित भएको छ। २०७७ सालमा डिजाइन बिलको ठेक्का पाएको निर्माण कम्पनीले हाल सम्म डिजाइन पास गर्न सकेको छैन।

निर्माण व्यवसायी संघका केन्द्रीय अध्यक्ष रवि सिंहको महादेव खिम्ति जेभी निर्माण कम्पनीले डिजाइन बिलको ठेक्का पाएको तर डिजाइन गर्न समय लगाउँदा काम अझै सुरु हुन सकेको छैन।

महावै गाउँपालिका सडक सञ्जालले छोए पनी पुल नहुँदा कर्णाली राजमार्गसँग जोडिन नसकेको महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए।

‘गाउँपालिकाका ७ वटै वडाहरुमा सडक पुर्‍याइसकेका छौँ। दैलेख देखी गाडी महावै पुगेपनी राजमार्ग देखी सिधै महावै गाडी पुर्‍याउन सकेका छैनौ।’ उनले भने।

यसका लागी निर्माण कम्पनी र पुल महाशाखालाई पटक-पटक ताकेता दिएको उनको भनाई छ। पुल महाशाखाले निर्माण व्यवसायीलाई दबाब सिर्जना गरी पुल निर्माण कार्यअघि बढाउनुपर्ने अवस्था रहेको अध्यक्ष सिंहले बताए।

उनले यस्ता ढिलासुस्ती र काम नगर्ने निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याउने बताए। उनले यसबारे थप बुझेर जानकारी दिने प्रतिक्रिया दिएका छन्। पुल महाशाखामा निर्माण व्यवसायले सम्झौताको लागि कुनै डकुमेन्ट महाशाखामा अहिले सम्म प्राप्त नभएको जनाइएकाे छ।

डिजाइन बिल गर्न ढिलाइ भएकाले महावै गाउँपालिकाका नागरिकले अहिले पनि दुःख खेप्नुपर्ने बाध्यता छ। तिला नदिमा पुल नहुँदा दैनिक आवतजावत गर्न स्थानीयलाई धेरै समस्या परेको छ।

निर्माण व्यवसायीले निर्माण गर्ने विभिन्न योजनाहरू अलपत्र पर्दा स्थानीय नागरिकले सास्ती खेप्नु परेकाे छ।

निर्माण व्यवसायी संघका केन्द्रीय अध्यक्ष रवि सिंहको महादेव खिम्ति जेभी निर्माण कम्पनीले ठेक्का लिएको डिजाइन बिलको ठेक्का पाएको तर डिजाइन गर्न समय लगाउँदा काम अझै सुरु हुन सकेको जनाएको छ।

प्रकाशित: २० असार २०८० १३:४७ बुधबार

तिला नदी