१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

जिप दुर्घटनामा एकको मृत्यु, दुई घाइते

पाल्पा – पाल्पाकाे रिब्दीकोट गाउँपालिका– ७ कातडी भन्ने स्थानमा आइतबार बिहान जिप दुर्घटना हुँदा त्यसका मालिक रिब्दीकोट गाउँपालिका– ७ पालुङका २४ वर्षीय दानबहादुर गाहाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

दुर्घटनामा परी घाइते भएका सोही स्थानका ४५ वर्षीय प्रेमबहादुर गाहा र निजका नौ वर्षीय छोरा भूपेन्द्रलाई अहिले तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा पठाइएको मुझुङ प्रहरी कार्यालयले जनाएको छ । 

रिब्दीकोटको पिपलडाँडाबाट तानसेनतर्फ आउँदै गरेको लु १ ज १५८१ नंको सो जिप दुर्घटना भई डेढ सय मिटर तल खसेको मुझुुङ प्रहरी कार्यालयका प्रमुख गोपाल पुनले जानकारी दिए । रासस 

प्रकाशित: १० वैशाख २०७४ ०६:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App