१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक

फाइल तस्बिर

अब असार १ गतेदेखि भदौ मसान्त सम्म सडक खन्न नपाइने भएको छ। संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले एक सूचना जारी गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो।

वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने भएकाले सडक नखन्न कार्यालयले निर्देशन दिएको छ।  

जारी सूचनामा कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ।  

प्रकाशित: २५ जेष्ठ २०८० ०३:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App