१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

महानगरले धुलाे सफा गर्न दैनिक–साप्ताहिक कार्यतालिका लागू गर्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाले ३/३ जनाको दरले ‘र्यापिड रेस्पोन्स टिम’ बनाई जनचासोका विषयमा आउने जनगुनासोहरुको तत्काल सम्बोधन गर्ने भएको छ।

सडक सफाइका लागि दैनिक, साप्ताहिक सफाइका लागि ३ महिनाभित्र तालिका बनाई कार्यान्वय गर्ने, फोहरमैलाको व्यवस्थापन नीजि क्षेत्रमा हस्तान्तरण भई सकेपछि सफाई कर्मचारीहरुलाई भित्री सडक र टोल सफाईमा लगाउने कार्ययोजना महानगरको छ।

एक महिनाभित्र त्यस्तो टिम गठन गरी कार्यान्वयनमा ल्याउने र निरन्तर टिम परिचालन हुने र भित्री सडकहरुका विषयमा नागरिकबाट कुनै गुनासो आए ‘अन कल डिमान्ड’ पूरा गर्ने योजना लागू गर्ने महानगरले जनाएको छ। महानगरले शुक्रबार तत्काल सुधारका कार्यहरुको कार्ययोजना ३०७३ सार्वजनिक गर्दै यस्तो जनाएको हो।

त्यस्तै, प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरुलगायत सबै कर्मचारी प्रत्येक दिन खट्ने र कार्यालयसमय बाहेकका समय फिल्डमा खट्ने व्यवस्था पनि १ महिनाभित्र कार्यान्वयनमा ल्याउने जनाएको छ।

कार्ययोजनाअनुसार महानगरले कम्तीमा ४ वटा वडा कार्यालयहरुलाई ६ महिनाभित्र उत्कृष्टताको नमुना (सेन्टर अफ एक्सिलेन्स) बनाउने, ३ महिनाभित्र शहरी सडकको सफाई अभियानका लागि १० थान उच्च क्षमताका धुलो तान्ने ब्लुमर मेसिन खरिद गर्ने भएको छ।

सडक सफाइका लागि दैनिक, साप्ताहिक सफाइका लागि ३ महिनाभित्र तालिका बनाई कार्यान्वय गर्ने, फोहरमैलाको व्यवस्थापन नीजि क्षेत्रमा हस्तान्तरण भई सकेपछि सफाई कर्मचारीहरुलाई भित्री सडक र टोल सफाईमा लगाउने कार्ययोजना महानगरको छ।

त्यस्तै, भवन निर्माण इजाजतमा विचौलियाको भूमिका हटाउने, तीनकुनेमा दुबो रोपी हरियाली बढाउने, सडकमा जथाभावी निर्माण सामाग्री राखिए कारवाही गर्न एकथान डोजररलोडर, ट्रिपर र नगरप्रहरी परिचालन गर्ने भएको छ।

६ महिनाभित्र पर्यटक घुमाउने स्काइ बस सञ्चालनमा ल्याउनेसहितको ३० बुँदे कार्ययोजना महानगरले सार्वजनिक गरेको हो।

 

प्रकाशित: १८ चैत्र २०७३ १३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App