१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

१७ वर्षका किशोरद्वारा ३ वर्षीया बालिका बलात्कृत

धनगढी– धनगढीमा ३ वर्षीया बालिका बलात्कृत भएकी छन् । धनगढी उपमहानगपालिका ५ मा भाडामा बस्ने एक परिवारमा आमाबुबा घरमा नभएका मौका छोपेर अबोध वालिकालाई घरवेटीका छोराबाटले बलत्कार गरेको बताइएको छ। 

बालिकाको आमाबुवा डेरी पसलमा काममा गएको मौका पारेर घरवेटीका छोरा १७ वर्षका महेश्वर शर्माले बालिकाको घरमा कोही नभएको मौका छोपेर ती बालिकालाई बलत्कार गरेका हुन्।

कलेजबाट फर्केकी घरवेटीकी छोरीले बालिकालाई रक्ताम्मे अवस्थामा फेला पारेपछि डेरी पसलमा उनका आमाबुबा भएको ठाउँमा पुर्याई दिएकोे पीडित वालिकाकी आमाले बताइन्। 

‘पसलमा आउन्जेल पुरै रक्ताम्मे भएर छोरी बेहोस थिई,’ आमाले भनिन्। बालिकाको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ। 

बढी रक्तस्रावका कारण बालिकाको अवस्था दयनीय बनेको महिला पुनस्थार्पना केन्द्र ओरेककी बिनु रानाले बताइन्। बलात्कार गर्ने किशोरलाई बुधवार नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक इन्द्र मल्लले बताएका छन्। 

किशोरले बलत्कार गरेको स्विकारेको उनले बताए। जानकारी पाउने बित्तिकै किशोरलाई प्रहरीले धनगढीको चटकपुरबाट पक्राउ गरेको हो। 

प्रकाशित: १७ चैत्र २०७३ १२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App