९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

सरसफाइ गर्ने १७ जना सम्मानित

काठमाडौं महानगरपालिका वडा नं ३१ आलोकनगर मार्ग टोलमा सरसफाइ गर्दै आएका व्यक्तिहरूलाई सम्मान गरिएको छ। मैनादेवी फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा १७ जनालाई सम्मान गरिएको हो।

फाउन्डेसनद्वारा आयोजित क्लिनअप प्रिमियर लिग (सिपीसी) मा सहभागी सान्त्वना कलेजले ‘वातावरण सबैको साझा घर हो र यसको सरसफाइ, संरक्षण र प्रवद्र्धनमा सबैको उत्तिकै जिम्मेवारी रहेको हुन्छ’ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको हो। यसका साथै वातावरण संरक्षणमा सरसफाइ गर्ने व्यक्तिहरूको भूमिका गहन हुने भएकाले प्रोत्साहन एवं हौसला बढाउनका लागि पनि उनीहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रममा वडा नं ३१ का वडाध्यक्ष सरोज ढकाल, सान्त्वना कलेजका अध्यक्ष क्षितिज उपाध्याय ढुंगेल, मैनादेवी फाउन्डेसनका अध्यक्ष केपी खनाल, आलोकनगर मार्ग टोल सुधार समितिका अध्यक्ष डिआर पोखरेल, महिला वातावरण संघकी अध्यक्ष दुर्गा दुलाल, सरसफाइ गर्ने व्यक्तित्व, आलोकनगरमा सरसफाइ क्षेत्रमा काम गर्दै आएका स्थानीय संस्थाका प्रतिनिधि र कलेजका विद्यार्थीको सहभागिता थियो।

कार्यक्रममा वडा नं ३१ का वडाध्यक्ष सरोज ढकालले वातावरण सरसफाइ गर्न जेजति साथ, सहयोग र समन्वय आवश्यक प र्छ। त्यसका लागि वडा तयार रहेको बताए। औपचारिक कार्यक्रम समापनपछि ३१ नं वडा कार्यालयदेखि आलोकनगरको लोकेश्वर मन्दिरसम्म सरसफाइ कार्यक्रम गरिएको थियो।

प्रकाशित: १५ जेष्ठ २०८० ०४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App