२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एक सय ८० राहदानी संकलन गर्ने ठगविरुद्ध ८७ को उजुरी

काठमाडौं– वैदेशिक रोजगारका नाममा भै रहेको लुटपाटको एउटा नमुना प्रहरीले सार्वजनिक गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले एकै एजेन्टका साथबाट तीन भारतीय सहित एक सय ८० थान राहदानी बरामद गरेपछि वैदेशिक रोजगारीका नाममा भै रहेको कालो धन्दा बाहिर आएको हो।

ब्युरोले खाडी देश पठाउने भन्दै पूर्वी तराईका विभिन्न जिल्लाका दुई सय बढिसँग रकम असुलेको आरोपमा अमन भन्ने मोहम्मद अजमत अलि साहलाई पक्रेको हो। धनुषाका साहले आकर्षक तलब सुबिधा, खाने तथा बस्ने ब्यवस्थाको प्रलोभन र  विभिन्न कम्पनीहरूको नक्कली डिमाण्ड लेटर देखाउदै ठगी गरेका हुन। ब्युरोका अनुसार प्रतिब्यक्ति एकलाख देखि तीन लाख सम्म उठाउँदै आएका साह बिरुद्ध  ८७ जना पीडितले किटानी जाहेरी दिएका हुन।

ब्युरोका डिआईजी नवराज सिलवालका अनुसार साहको ललितपुरस्थित कोठाबाट ३ थान भारतीय राहदानी र १७७ थान नेपाली नागरिकहरूको राहदानी वरामद भएको हो । सिलवालले भारतीय राहदानीका बिषयमा अनुसन्धान भै रहेको जानकारी दिए।

ब्युरोको अनुसन्धानमा साहले बैदेशिक रोजगारको सुन्दर सपना देखाई ठगी गर्दै आएका थिए । उनले प्रलोभनमा पारेर नक्कली कागजात बनाई राहदानी लिई स्वास्थ्य परिक्षण समेत गराई नगद लिएपछि बेपत्ता हुने गरेका थिए । ठगीका लागि बिदेशी कम्पनीको नामको डिमाण्ड लेटर, भिषा जस्ता नक्कली कागजातहरू आफै बनाई किर्ते समेत गरेको अनुसन्धानमा खुलेको हो ।  ब्युरोले साहले वैदेशिक रोजगारीमा जाने ब्यक्तिकै नाममा १५ थान विभिन्न दुरसंचारका सेवा प्रदायककका सिम निकालेर प्रयोगगर्दै आएका थिए।

प्रकाशित: १८ माघ २०७३ १४:४१ मंगलबार

८० राहदानी संकलन गर्ने ठगविरुद्ध ८७ को उजुरी